Logo

बैंक / बिमा /शेयर

प्रुडेन्सियल क्यापिटलकाे स्वामित्वमा रहेका ७ कम्पनीको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   ५ माघ २०७८, बुधबार


प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेका विभिन्न ७ कम्पनीको संस्थापक सेयर बुधबारदेखि लिलामीमा आएको छ ।

कम्पनीले प्रभु बैंक लिमिटेडको ४६ हजार कित्ता, प्राइम कमर्शियल बैंक लिमिटेडको ६० हजार ६७५ कित्ता, कुमारी बैंक लिमिटेडको २ लाख कित्ता, आइसिएफसि फाइनान्सको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघु्वित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता गरि कुल ५ लाख २९ हजार ६७५ कित्ता सेयर बिक्रिमा ल्याएको हो ।

प्रभु बैंकले न्यूनतम १७५ रुपैयाँ, प्राइम कमर्शियल बैंकको न्यूनतम मूल्य १९० रुपैयाँ, कुमार बैंकको न्यूनतम मूल्य १७५ रुपैयाँ, आइसिएफसि फाइनान्सको न्यूनतम मूल्य २५० रुपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्तको न्यूनतम मूल्य ४ सय रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सको न्यूनतम मूल्य ३९४ रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको छ ।

आवेदकले यी सातवटा कम्पनीको संस्थापक सेयर खरिदका लागि माघ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह