Logo

बैंक / बिमा /शेयर

धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति


GDP नेपाल
   ६ माघ २०७८, बिहिबार


नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ ।

बोर्डले शिखर इन्स्योरेन्स कम्पनीलाई ३० प्रतिशत हकप्रद सेयर र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो ।

शिखर इन्स्योरेन्सलाई प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति बोर्डले दिएको छ। कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ।

यस्तै, भदौ १७ गते आईएमई जनरल इन्स्योरेन्सले बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह