Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पतालमा १० प्रतिशतसम्म छुट


GDP नेपाल
   ६ माघ २०७८, बिहिबार


बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले मेडिप्लस अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौता पश्चात् ग्राहकले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह