Logo

बैंक / बिमा /शेयर

दोस्रो त्रैमासमा १५० प्रतिशतले बढ्यो सिभिल बैंकको खुद नाफा


GDP नेपाल
   ७ माघ २०७८, शुक्रबार


सिभिल बैंकले चालु आर्थिक वर्ष २०७८\७९ को दोस्रो त्रैमासमा ५० करोड रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैँकले भन्दा २० करोड २८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैँकको खुद नाफा १५० प्रतिशतले वृद्धि भएको हो । 

यस्तै, बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रूपैयाँ रहेको छ । बैकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार ईपीएस ११.६६ रूपैयाँ कायम भएको छ भने पीई रेसियो २१.८७ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२९.३९ रूपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी बढाएर १ अर्ब ४६ करोड पुर्‍याएको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म ९३ करोड रूपैयाँ मात्र थियो ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह