नबिल बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकले १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो ।
बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँमा संकुचित भएको छ । जुन अघिल्लो वर्षको भन्दा ३९ करोड रुपैयाँले कम हो । यस्तै समीक्षा अवधिमा बैंकको ईपीएस गत पुस मसान्तसम्ममा २९.९९ रूपैयाँ रहेको थियो जुन यस वर्ष २३.५९ मा घटेको छ । यस्तै पीई रेसियो ४७.०६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रूपैयाँ रहेको छ ।
बैंकले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब २१ करोड पुर्याएको छ । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा खुम्चिएको छ ।
प्रतिक्रिया