कुमारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैँकको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब २१ करोड ६५ लाख नाफा कमाएको बैँकले चालू आवको सोही अवधिमा ९५ करोड १७ लाख ३८नाफा मात्रै कमाएको छ ।
नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव ५३ रहेकोमा चालू आवको सोही अवधिमा घटेर १२ दशमलव ९४ मा सीमित भएको छ। चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा १३ करोड ८३ लाख १० हजार रहेको छ । सो अवधिमा कम्पनीले १ खर्ब ५९ अर्ब ८२ करोड १६ लाख निक्षेप संकलन गरेर १ खर्ब ५५ अर्ब ९६ करोड २० लाख कर्जा लगानी गरेको हो ।
कम्पनीको चुक्तापूँजी १४ अर्ब ७१ करोड ११ लाख रहेको छ भने जगेडामा ४ अर्ब २६ करोड ७३ लाख, रिटेन्ड अर्निङमा १८ करोड २१ लाख ४४ हजार र शेयर प्रिमियममा ८ करोड ८८ लाख ४ हजार सञ्चित गरेको हो । कम्पनीको मूल्य आम्दानी अनुपात २० दशमलव ९४ गुणा, तरलता अनुपात १६ दशमलव २७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३० दशमलव ८ रहेको छ ।
प्रतिक्रिया