प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैँकले दोस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको नाफा गत वर्षको तुलनामा १६.९० प्रतिशतले घटेको हो । गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने ६.०८ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने १२.९९ प्रतिशतले घटेको छ ।
यस्तै, बैंकको वितरणयोग्य नाफा ५३ करोड ५१ लाख रुपैयाँ छ । यो गत वर्षको भन्दा ४६.३७ प्रतिशतले थोरै हो । बैंकको निक्षेप संकलन ०.७६ प्रतिशतले घट्दा कर्जा लगानी भने ५.३४ प्रतिशतले बढेको छ । यसको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ९१ पैसा घटेर १९ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
प्रभुको प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ५४ पैसा छ ।
प्रतिक्रिया