बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकले दोस्रो त्रैमासमा ७१ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १.५२ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले ७० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज ९.२९ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ९.२१ प्रतिशतले घटेको छ ।
गत वर्ष १ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले यो त्रैमासमा बढाएर १ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफा १ अर्ब बाट घटेर ९३ करोडमा झरेको छ । पुस असोज मसान्तसम्म बैंकको वितरण योग्य नाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
यो त्रैमाससम्म बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा घटेर ०.८२५ मा झरेको छ । गत वर्ष खराब कर्जा १.८२ प्रतिशत रहेको थियो । कस्ट अफ फन्ड ६.४५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा (वार्षिक) रहेको छ ।
प्रतिक्रिया