एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । बैँकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैँकको नाफा १२.७९ प्रतिशतले घटेको हो । बैंकको वितरण योग्य नाफा भने २ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बैंकको खुद ब्याज आम्दानी भने १२ प्रतिशतले बढेको छ। ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३० करोड रुपैयाँ छ। बैंकको निक्षेप संकलन ३ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी घटेर १७ रुपैयाँ ७२ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ११ पैसा छ।
प्रतिक्रिया