Logo

बैंक / बिमा /शेयर

दोस्रो त्रैमासमा मेगा बैंकले कमायो १ अर्ब ३९ करोड ९९ लाख नाफा


GDP नेपाल
   ७ माघ २०७८, शुक्रबार


मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको दोस्रोे त्रैमासमा १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । बैकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ७१.६८ प्रतिशतले बढेको हो । यस्तै, बैंकको खुद ब्याज आम्दानी भने २ प्रतिशत र सञ्चालन आम्दानी ४ प्रतिशतले घटेको छ। १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ।

बैंकको निक्षेप संकलन ३४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह