Logo

बैंक / बिमा /शेयर

दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकको खुद आम्दानी २ अर्ब ४० करोड


GDP नेपाल
   ७ माघ २०७८, शुक्रबार


एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार दोस्रो त्रैमासमा २.४० अर्ब खुद नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि भएको हो । बैंकले यस अवधिसम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत ४० अर्बले वृद्धि गरी कुल कर्जा रकम २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत २२.०४ अर्बले वृद्धि गरी कुल निक्षेप संकलन २९९.३४ अर्ब पुर्‍याउन सफल भएको छ । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ ।

बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ । कले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह