Logo

बैंक / बिमा /शेयर

५९ लाख ९८ हजार खुद नोक्सानीमा नारायणी डेभलपमेण्ट बैंक


GDP नेपाल
   ९ माघ २०७८, आइतबार


चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नारायणी डेभलपमेण्ट बैंक ५९ लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ ।

गत वर्षको तुलनामा भने यस वर्ष कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । गत वर्षको दोस्रो त्रैमाससम्ममा बैंक ८४ लाख ४१ हजार खुद नोक्सानीमा रहेको थियो । गत वर्ष ८४ लाख २५ हजार सञ्चालन घाटामा रहेको कम्पनी यस वर्ष ५९ लाख ९८ हजार सञ्चालन घाटामा रहेको हो । शतप्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार रहेको कम्पनीको जगेडा कोष रकम १७ करोड ८ लाखभन्दा बढी रहेको छ । शेयर प्रिमियम रकम २९ लाख ५६ हजार रहेको कम्पनीको रिटेन्ड अर्निग २२ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष ३ गुणाभन्दा बढी २० करोड ४९ लाख निक्षेप संकलन गरेको छ भने १७ गुणा बढी १७ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २२ करोड ४४ लाख ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी ४ दशमलव ५७ ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६१ दशमलव ३५ रहेको छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह