ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ । लाभांश संशोधनपछि अब कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बीमा समितिको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको हो ।
प्रतिक्रिया