मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनमा २.१४ प्रतिशतले थोरै हो । गत वर्ष बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि ५७.७२ प्रतिशतले घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ०.५४ प्रतिशतले घटेको छ । यसको खराब कर्जा २.०४ प्रतिशतले घटेर ०.२६ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसा बार्षिक कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।
प्रतिक्रिया