Logo

बैंक / बिमा /शेयर

नबिल बैंक, सीएनआई–वुमन लिडरसीप र महिला शक्ति विकाश केन्द्रबीच सहकार्य


GDP नेपाल
   ९ माघ २०७८, आइतबार


महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, सीएनआई-वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्येकारी अधिकृत अनिलकेशरी शाह, वुमन लिडरसीप फोरमकी संयोजक छाँया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालकी कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति आर्थिक सशक्तीकरण रहेको बताए। उनले महिलाहरुको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे।

हस्ताक्षर कार्यक्रममा ‘भर्चुअल्ली’ उपस्थित भएका सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालबीच पुलको काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकास सँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पुर्‍याउने बताए।

वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले सीएनआईले गरेको एउटा पहल हो। स्थापनादेखि ुमहिला नेतृत्व विकासुको मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल गैरसरकारी संस्था हो। यस संस्थाले देशैभर महिला सशक्तीकरण र महिला नेतृत्व विकाससम्बन्धी कामहरु गर्दै आइरहेको छ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुआत गरेको हो। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गर्दै आएको छ। यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्‍याउन सहयोग गर्ने आशा लिएको छ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह