Logo

बैंक / बिमा /शेयर

राष्ट्रिय वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक, दोस्रो त्रैमासमा एक अर्ब ९१ करोड ९५ लाख नाफा


GDP नेपाल
   ९ माघ २०७८, आइतबार


राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले एक अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको नाफा ९.७६ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६८ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ पुगे पनि नेट फि तथा कमिशन आम्दानी भने २९.२२ प्रतिशतले घटेको छ। यस्तै बैंकको सञ्चालन मुनाफा २.९८ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले २ खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप संकलन ८.०६ प्रतिशतले घट्दा कर्जा लगानी भने ९.८७ प्रतिशतले बढेको छ। चुक्ता पूँजी १३ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ।

यसैगरी, समीक्षा अवधीसम्म बैंकको प्रतिशेयर आम्दानी .२७.५४ बाट बढेर. ३८.८४ पुगेको छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह