Logo

Sub-banner

देशभर थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु


GDP नेपाल
   ९ माघ २०७८, आइतबार


पछिल्लो २४ घण्टामा देशभर थप  ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा थप ४ जना संक्रमितको मृत्यु भएको छ भने १४ सय १६ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै २ हजार ८६८ जना रहेका छन् भने भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना रहेका छन् ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह