Logo

बैंक / बिमा /शेयर

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट एक हजारसम्म क्यासब्याक


GDP नेपाल
   १० माघ २०७८, सोमबार


अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम खल्तीबाट तिर्दा प्रयोगकर्ताहरुले एक हजारसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड क्ष्ल्क्ग्च्भ्ज्ञण्ण् प्रयोग गरी रू. १०० को क्यासब्याक पनि प्राप्त गर्नेछन्।

कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ। तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको खल्तीले जनाएको छ ।

यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”

प्रकाशित : १० माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह