छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर बिक्रि खुला गरेको छ ।
कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
हकप्रद निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
प्रतिक्रिया