Logo

बिजनेस होम

प्रेम आलेको हुकुमी शासनले बतासमाथि अन्यायः लेखनाथ उद्योग वाणिज्य संघ


GDP Nepal
   ११ माघ २०७८, मंगलबार


काठमाडौं । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायी आनन्दराज बतासमाथि राज्यले गरेको व्यवहारले हुकुमी शासनको झल्को दिएको टिप्पणी गरेको छ ।

सरकारका निकाय र निजी क्षेत्रबीच भएको सहमतिअनुसार बनाइएका संरचना एकपक्षीय रुपमा भत्काइनु र निष्पक्ष छानबिन नै नभइ व्यवसायीलाई दोषी देखाइएको भन्दै संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष छत्रधर आत्रेयद्वारा जारी विज्ञप्तिमा राज्यका यस्ता गतिविधिले निजी क्षेत्र निरुत्साहित हुँदै लगानी पलायन भई राष्ट्रको समृद्धिमा समेत गम्भीर आघात पर्न सक्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– निष्पक्ष एवं निर्विवाद छानविन समिति बनाई न्यायपूर्ण विस्तृत अध्ययन अनुसन्धान गरि– के हुनु पर्ने हो ? के भएको हो ? को–को के कति दोषी छन् ? पत्ता लगाई उनीहरुको अपराधको आधारमा कानुन बमोजिम सजायको भागिदार बनाई प्रकृयावद्ध तरिकाले कार्वाही अगाडी बढाउनु पर्नेमा एक हुकुमी शासन चलाए झै गरि एकतर्फि रुपमा एक पक्षलाई मात्र दोषी देखाई, न्यायपालिका आफ नै भए जस्तो गरि कानुनी राज्यको अपहेलना हुने गरेर भएका कयाकलाप प्रति यस संघ घोर आपत्ति प्रकट गर्दछ ।

हेर्नुहोस्, विज्ञप्तिको पूर्णपाठ

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह