Logo

बैंक / बिमा /शेयर

१३ प्रतिशतले बढ्यो हिमालयन बैंकको खुद नाफा


GDP नेपाल
   १२ माघ २०७८, बुधबार


हिमालयन बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले दोस्रो त्रैमासमा ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा बैँकको नाफा १३.८० प्रतिशतले वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा बैँकले ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार ३८० रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार ३५ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस्तै समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९८ करोड ६४ लाख ८४ हजार रूपैयाँबाट बढेर १ अर्ब ६ करोड २० लाख ८९ हजार रुपैयाँ पुगेको छ । १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब १५ करोड १२ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने २.१३ प्रतिशतबाट घटेर ०.७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ०५ पैसा रहेको छ ।

 

प्रकाशित : १२ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह