Logo

बैंक / बिमा /शेयर

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित


GDP नेपाल
   १३ माघ २०७८, बिहिबार


सर्वोत्तम सिमेन्ट कम्पनीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखा परीक्षकमा सुभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । साथै, विशेष प्रस्तावहरू अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ६० लाख कित्ता सेयर निष्कासन बुक बिल्डिङ विधिबाट गर्ने प्रस्ताव पारित भएको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह