Logo

बैंक / बिमा /शेयर

ज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   १३ माघ २०७८, बिहिबार


ज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ।

कम्पनीले फागुन ६ गते बाटरफ्रन्ट रिसोर्ट, लेकसाइड, पोखरामा चौथो वार्षिक साधारण सभा डाकेको हो । सभा बिहान ११ बजे शुरु हुनेछ। सभामा इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सोही प्रस्ताव पारित गरिने छ ।

सभाले लाभांश प्रस्तावका साथै बोनस शेयर वितरणपश्चात चुक्ता पूँजीमा परिवर्तन हुने भएका कारण इन्स्योरेन्सको प्रबन्धपत्र संशोधन गर्ने स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह