Logo

बैंक / बिमा /शेयर

एनसीसी बैंककाे ७ लाख ५९ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १६ माघ २०७८, आइतबार


नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ७ लाख ५९ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख ५९ हजार ३ सय ७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रकाशन गरेको सूचना अनुसार सर्वप्रथप बैंकका संस्थापक सेरधनहरुले उक्त सेयर खरिद गर्न पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिनु पर्नेछ । यदी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह