Logo

बैंक / बिमा /शेयर

मुद्दती निक्षेपमा २ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   १६ माघ २०७८, आइतबार


नेपाल राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेप दिने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको रकम बैंक तथा वित्त कम्पनीहरुलाई एक वर्षका लागि निक्षेपमा दिने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्त कम्पनीहरुले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल फागुन ३ गतेदेखि २०७९ साल फागुन ३ गतेसम्म) मुद्दती निक्षेप माग गर्न सक्ने जनाएको छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ गरी कूल २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते बेलुका ५ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह