Logo

बैंक / बिमा /शेयर

बिमा समितिद्वारा प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना


GDP नेपाल
   १६ माघ २०७८, आइतबार


बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारवाही गरेको छ ।

समितिले इन्स्योरेन्सलाई समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम उक्त कम्पनीलाई १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह