नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीबारे स्मृति–पत्र सार्वजनिक गरेका छन् । रावलले प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूको नाममा ७ बुँदे स्मृति पत्र सार्वजनिक गरेका हुन् ।
उनले एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराएका छन् । पत्रमा रावलले नेपालको संविधान, राष्ट्रिय स्वाधिनता र हितसँग बाझिने सम्झौताका प्रावधानहरु संशोधन र परिवर्तन हुनुपर्ने यदी त्यसो गर्न नसकिए सम्झौता रद्द गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया