Logo

सूचना/प्रविधि

भारत सरकारले आफ्नै डिजिटल मुद्रा जारी गर्दै


GDP नेपाल
   १८ माघ २०७८, मंगलबार


भारत सरकारले आफ्नै डिजिटल मुद्रा जारी गर्ने भएको छ । लोकसभामा नयाँ बजेट प्रस्तुत गर्दै केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२ मा डिजिटल मुद्रा प्रचलनमा ल्याउने बताएकी हुन्।

” केन्द्रीय बैंकको डिजिटल मुद्राको परिचयले डिजिटल अर्थतन्त्रलाई बढावा दिनेछ, जसले सस्तो मुद्रा व्यवस्थापन प्रणालीको नेतृत्व गर्नेछ। ब्लकचेन र अन्य प्रविधिहरू आरबीआईले २०२२ देखि जारी गर्न प्रयोग गर्नेछ, ” सीतारमणले भनिन् ।

अहिले विश्वभर चर्चामा रहेको डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार नेपालमा भने प्रतिबन्ध लगाइएको छ । केही समय अघि भारतमा पनि प्रतिबन्ध लगाइएको क्रिप्टोकरेन्सी कारोबार सर्वोच्च अदालतमा मुद्दा परेपछि भने अहिले खुला गरिएको छ।

प्रकाशित : १८ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह