ट्रेड टावर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुयैयाँ अंकित दरका ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको कुल ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । सोमबार समझदारीपत्रमा कम्पनीका कार्यकारी अध्यक्ष शिवहरि दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्। २०६७ सालमा स्थापना भएको ट्रेड टावर लिमिटेडले होटल तथा आतिथ्यता, लजिङ एण्ड फाइनान्सिङ, कन्स्ट्रक्सनलगाएतमा लगानी गर्दै आएको छ ।
प्रतिक्रिया