इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । जारी गर्ने आइपिओमध्ये २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि, ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरूका लागि र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । लगानीकर्ताले आइपिओमा माघ २६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया