नेपाल इन्स्योरेन्स कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसको न्युनतम मूल्य ४०० रुपैयाँ राखेर बोलकबोल गर्नुपर्नेछ। सयर खरिद गर्न इच्छुम संस्थापक सयरधनीले सूचना प्रकाशितको ३५ दिन भित्र आवश्यक कागजात कम्पनीको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँमा बुझाउनु पर्ने हुन्छ ।
कम्पनीका अनुसार तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुको आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सेयर बिक्रि गरिनेछ ।
प्रतिक्रिया