हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पुन:सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले यस अघि बिक्रि नभएको संस्थापक समूहतर्फको ३ करोड ३० लाख कित्ता सेयर पुन:लिलामीमा ल्याउने भएको हो ।
कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
प्रतिक्रिया