Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागि ‘प्रो भर्सन’ प्रतियोगिता


GDP नेपाल
   २० माघ २०७८, बिहिबार


लक्ष्मी बैंकले आउँदो २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागी अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् ।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मान्यतामा आधारित रहेको छ । सम्बन्ध, अन्वेषक, समूह कार्य, उत्तरदायी र प्रगतिशील जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ । सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ ।

सो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माई कार्ड आइडिया’, र २०२० मा ‘माई मोबाइल मोनी’ भिडिओ कन्टेस्टमा उत्साहजनक सफलता पाइसकेको छ । बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ । यस विषयमा थप जानकारीका लागी  https://www.laxmibank.com/brand-film-contest/ मा हेर्न सकिनेछ ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह