नेपाल राष्ट्र बैंकले सात लाख वा सोभन्दा बढी नगद कारोबार गर्नेको पूर्ण विवरण राख्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंक सुपरीवेक्षण विभागले ७ लाख वा सोभन्दा बढी नगद कारोबार भएका खातावालाको पूर्ण विवरण राख्न निर्देशन दिँदै वाणिज्य बैंकहरुलाई पत्राचार गरेको हो । बैँहरुले ७ लाख रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो त्यसको सबै विवरण राष्ट्र बैंकलाई पठाउनुपर्ने हुन्छ ।
यस्तै, राष्ट्र बैंकले उक्त विवरण माघ २४ गतेसम्म पठाईसक्न निर्देशन समेत दिएको छ । पछिल्लो समय अवैध नगद कारोबार, हुन्डीलगाएत क्रिप्टो जस्ता अवैध कार्यमा मोटो रकम प्रयोग भएसँगै राष्ट्र बैंकले अनुगमन बढाएको स्रोतले बतायो ।
प्रतिक्रिया