Logo

कर्पोरेट-बजार

वाइवाइको अर्को छलाङः बंगलादेशमा अर्को महिना र १ वर्षभित्रै काजकस्तान र इजिप्टबाट उत्पादन


appharu
   २४ भाद्र २०७५, आइतबार


काठमाडौं । नेपाली ब्राण्ड वाइवाइ संसारभर फैलने यात्रा अझ तीब्र गतिले बढिरहेको छ ।
फोर्ब्समा सूचिकृत एकमात्र नेपाली अर्बपति विनोद चौधरीलाई संसारभर चिनाउने यही ब्राण्ड अर्थात वाइवाइ चाउचाउ अबको एक महिनामा बंगलादेशको प्लान्टबाट पनि उत्पादन हुनेछ । चौधरीका अनुसार अर्को एक वर्षभित्रै काजकस्तान र इजिप्टबाट उत्पादन पनि उत्पादन सुरु गर्ने लक्ष्य छ ।
“हामी बंगलादेशबाट अर्को महिना उत्पादन सुरु गर्दैछौं भने काजकस्तानको स्यामेन्टबाटको प्लान्ट आउँदो डिसेम्बरसम्म सञ्चालनमा आइसक्नेछ,” चौधरीले आइतबार गरेको ट्वीटमा भनेका छन्, “आशा गरौं कि २०१९ को जुनभित्र इजिप्टबाट पनि वाइवाइ उत्पादन सुरु हुनेछ ।”

त्यसो त मुलुकभित्रै पनि वाइवाइको प्लान्ट विस्तार जारी छ । नवलपरासीको दुम्कौलीस्थित सिजी इन्डिष्ट्रियल पार्कभित्रको प्लान्टपछि पश्चिम नेपालको वर्दियामा प्लान्ट खुलेसँगै अहिले पूर्वी नेपालको दुहवीमा अर्को प्लान्ट सञ्चालनको तयारीमा छ ।

भारतका विभिन्न आधा दर्जन स्थानमा वाइवाइको प्लान्ट विस्तार गरिसकेको चौधरी समूहले यसअघि यूरोपको सर्बियाबाट समेत उत्पादन सुरु गरेको छ । युरोपेली बजारमा पाएको रेस्पोन्सले झनै उत्साहित बनाएको चौधरी बताउँछन् ।

सिजीका अनुसार विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा वाइवाइ पुगेको छ । चाँडै नै साउदी अरेबियाबाट पनि यसको उत्पादनको तयारी भइरहेको छ ।
चौधरीका अनुसार वाइवाइको विस्तार मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट जडान गरेरै फैलाउने योजनाअनुसार धेरैजसो काम सम्पन्न भइसकेको छ ।

हाल विश्वको चाउचाउ बजारमा वाइवाइको हिस्सा तीन प्रतिशत पुगिसकेको छ भने सन् २०२० सम्ममा ५ प्रतिशत पु¥याउने लक्ष्य छ । यसका लागि प्लान्ट संख्या पनि १ दर्जन पुग्नेछन् ।

प्रकाशित : २४ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह