Logo

बैंक / बिमा /शेयर

जाल्पा सामुदायिक लघुवित्तकाे ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन


GDP नेपाल
   २१ माघ २०७८, शुक्रबार


जाल्पा सामुदायिक लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको सेयरमध्ये ८ हजार कित्ता शेयर कर्मचारी, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा माघ २५ गते सोमबारसम्म आवेदन दिन सकिने छ । सर्वसाधारण लगानीकर्ताले आइपिओमा न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्म आवेदन दिनसक्नेछन् ।

इच्छुक लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह