Logo

सूचना/प्रविधि

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे


GDP नेपाल
   २१ माघ २०७८, शुक्रबार


दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् ।

कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ ।

गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ । गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरु अनलाईनबाटै खरिद गरेका छन् ।

यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले कोभिडका कारण नै नागरिकहरु बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन् ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह