Logo

बैंक / बिमा /शेयर

१३ प्रतिशतले बढ्यो बुटवल पावर कम्पनीको खुद नाफा


GDP नेपाल
   २३ माघ २०७८, आइतबार


बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले दोस्रो त्रैमासमा १८ करोड १४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १३.१२ प्रतिशतले बढेको हो । यही अवधिमा कम्पनीले १३ करोड ८३ लाखभन्दा बढी नाफा गरेको थियो ।

गत वर्ष १६ करोड ३५ लाखभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष १९ करोड ३६ लाखभन्दा बढी आम्दानी गरेको हो । कम्पनीको आम्दानी रकम १८.३६ प्रतिशतले बढेको हो । त्यस्तै, विद्यतु विक्रीबाट कम्पनीले ४२ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्तापूँजी बढाएर ३ अर्ब २४ करोड ६३ लाख २७ हजार पुगेको कम्पनीको जगेडा कोष रकम भने ३ अर्ब ६४ करोड ९७ लाख कायम भएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५.५९ र प्रतिशेयर नेटवर्थ २१२.४३ रहेको छ ।

प्रकाशित : २३ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह