Logo

बैंक / बिमा /शेयर

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ : मोबाइल बैंकिङदेखि प्रिपेड डलर कार्ड निःशुल्क


GDP नेपाल
   २३ माघ २०७८, आइतबार


एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ अन्तर्गत मोबाइल बैंकिङदेखि प्रिपेड कार्ड डलरसम्मका सेवा ५ वर्षका लागि निःशुल्क गर्ने सुविधा ल्याएको छ ।

त्यस्तै, बैंकले यो खाता खोल्ने ग्राहकका लागि ८४ लाखसम्मको बीमा सुविधा ल्याएको हो । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्नेछन् । बैंकले डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वार्षिक क्रेडिट कार्ड शुल्क, प्रिपेड कार्ड डलर, डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षका लागि निःशुल्क गरेको जनाएको छ ।

त्यस्तै, बैंकले देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क गरिएको छ ।

प्रकाशित : २३ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह