Logo

राजनीति

ट्वीटर युद्धमा भारतका दुई मुख्यमन्त्रीः मानवताविरोधीदेखि क्रुर शासकको संज्ञा


GDP Nepal
   २५ माघ २०७८, मंगलबार


काठमाडौं । भारतका दुई राज्यका मुख्यमन्त्रीको घोचपेच अहिले चर्चामा छ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको ट्वीटर युद्धले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ ।

सोमबार राति ११ः१४ मा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सुन केजरीवाल भन्दै लेखेका छन्,

कोरोनाको पीडाले सिङ्गो मानवजाति विलाप गरिरहेको बेला तिमीले यूपीका मजदुरहरूलाई दिल्ली छोड्न बाध्य पार्यौ ।

तिम्रो सरकारले यूपी सिमानामा मध्यरातमा साना बालबालिका र महिलाहरूलाई पनि असहाय छाड्ने जस्तो अलोकतान्त्रिक र अमानवीय कार्य गर्‍यो।

तिमीलाई मानवताविरोधी भनौं या …..

दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि के कम, उनले सोमबार ११ः४१ मै यसको जवाफ फर्काए कोटेड ट्वीटमार्फतः

सुन योगी,

तिमी यो हुन देऊ । जसरी यूपीका जनताको लाश नदीमा बगिरहेको थियो त्यो बेला करोडौं रुपैयाँ खर्च गरेर तिमी टाइम्स पत्रिकामा आफ्नो झुटो ताली बजाउने विज्ञापन दिइरहेका थियौ । तिमी जस्तो निर्दयी र क्रुर शासक मैले देखेको छैन ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह