युनाइटेड इदी मर्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा ४ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १५७०.३८ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा कम्पनीले २८ लाख ५७ हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सफल भएको थियो ।
विद्युत बिक्रिबाट कम्पनीले ७ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन यस बैमासमा बढेर ११ करोड ८ लाख रुपैयाँ पुगेको हो । कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५७ पैसा छ ।
प्रतिक्रिया