रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १.४६ प्रतिशतले बढेको हो । यसै अवधिमा कम्पनीले गत वर्ष १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोषको आकार पनि ८९.२८ प्रतिशतले बढेर३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले ५८ अर्ब ४८ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्नीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ६० लाख रुपैयाँ सञ्चित रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी २५.७९ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १७८.८५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५५०.३९ रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीले ६० लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ ।
प्रतिक्रिया