स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्र्यका लागि सम्झौता सम्पन्न भएको छ ।
सोमबा काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलेसम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच SCT-UPT Debit Card, SMARTQR, SCT-nPay जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने जनाइएको छ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।
प्रतिक्रिया