किसान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा २१.६३ प्रतिशतले बढेको हो ।
कम्पनीले गत वर्षको यसै अवधिमा ३ करोड ७२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियोआर्जन गरको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी १.७६ प्रतिशतले बढेर १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन नाफा पनि ८३.२२ प्रतिशतले बढेर ६ करोड ५४ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ३ करोड ५७ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
कम्पनीकाे प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५७ पैसाले बढेर २३ रुपैयाँ ०४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा छ ।
प्रतिक्रिया