Logo

बैंक / बिमा /शेयर

नयाँ सारथीको नाफामा गिरावट, खुद ब्याज आम्दानी भने १४ प्रतिशतले बढ्यो


GDP नेपाल
   २६ माघ २०७८, बुधबार


नयाँ सारथी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा ४ करोड ६३ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ९.५४ प्रतिशतले घटेको छ । कम्पनीले गत वर्ष यसै अवधिमा ५ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो ।

नाफा घटे पनि कम्पनीको खुद ब्याज आम्दानी भने १४.२९ प्रतिशतले बढेको छ । गत वर्ष ३६ करोड सञ्चालन नोक्सान रहेको कम्पनी अहिले ७ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा मा छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ छ । रिजर्भ कोषमा २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह