Logo

बैंक / बिमा /शेयर

स्वाबलम्बन लघुवित्तको दोस्रो त्रैमासमा २३ करोड ५१ लाख रुपैयाँ खुद नाफा


GDP नेपाल
   २६ माघ २०७८, बुधबार


स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनीले २३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा २७.४२ प्रतिशतले बढेको हो । गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २०.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.३१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा अन्य सञ्चालन आम्दानी ४६.७० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.११ प्रतिशत बढेको छ। लघुवित्तले ७ करोड ९३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ३३.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा रहेको छ

प्रकाशित : २६ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह