Logo

बैंक / बिमा /शेयर

२०.७३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषकाे नाफा


GDP नेपाल
   १ फाल्गुन २०७८, आइतबार


नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कोषले दोस्रो त्रैमासमा ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कोषको नाफा २०.७३ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको यसै अवधिमा कोषले ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कोषको ब्याज आम्दानी बढेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी ५८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । नागरिक लगानी कोषको सेयर पुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषमा १९ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने मुद्दति निक्षेपमा १ खर्ब ५ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । संगठित संस्थाको सेयरमा १६ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा पनि १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ ।

कोषको प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँमा रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह