Logo

सूचना/प्रविधि

अब ‘खल्ती’ बाटै खानेपानीको बिल भुक्तानी गर्न सकिने


GDP नेपाल
   २ फाल्गुन २०७८, सोमबार


‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।

बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएका ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको खल्तीले जनाएको छ। त्यस्तै, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट र छुटको पनि सुविधा लिन सकिनेछ ।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौ देखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा धेरै उत्साहित छौं।”

‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह