Logo

सूचना/प्रविधि

क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ देखि १२ गतेसम्म हुने


GDP नेपाल
   ११ फाल्गुन २०७८, बुधबार


क्यान इन्फोटेकको २७ औं संस्करण आगामी वैशाख ७ गते बुधवारदेखि १२ गते सोमवारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

यसअघि क्यान इन्फोटेकको २७औँ संस्करण ०७८ साल वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलोपटक र ०७८ साल माघ १८ गतेदेखि २३ गतेसम्म दोस्रोपटक हुने गरी तयारी गरिएकोमा कोभिड–१९ को संक्रमणका कारण स्थगित गरिँदै आएको थियो ।

२७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजनमा आइएमई पे र सहप्रायोजनमा स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्युआर) रहेको आयोजक क्यान महासंघले जनाएको छ । प्रायोजक कम्पनीका आधारमा यो मेलाको नाम आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्युआर रहेको छ ।

मेलाको प्लाटिनम प्रायोजन वल्र्डलिंक कम्युनिकेसन्स, गोल्ड प्रायोजन नेपाल टेलिकम, जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स र सागर ग्रुप अफ कम्पनिज, सिल्भर प्रायोजन नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकमले गरेको जनाइएको छ ।

सफ्टवारिका कलेज अफ आइटी एन्ड इकमर्स मेलाको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टरनेसनल बिजनेस स्कुल एकेडेमिक पार्टनर, दराज केमु इकमर्स पार्टनर, रेबान फुड एन्ड वेभरेज पार्टनर, मण्डला सिस्टम भर्चुअल एक्जिबिसन पार्टनर तथा अल्ट्रा एलइडी डिजिटल डिस्प्ले पार्टनर रहेको आयोजकले जनाएका छन् । इन्फोटेक सफल रूपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेसन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तर्राष्ट्रिय रूपमा असोसियो (एसियन–ओसेनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन) र विट्सा (वल्र्ड इन्नोभेसन टेक्नोलोजी एन्ड सर्भिसेज अलायन्स)को पनि सहयोग रहने जनाइएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह