Logo

सूचना/प्रविधि

कर्पोरेट पेमा अब अनलाइन रजिष्टर गर्न सकिने


GDP नेपाल
   २३ फाल्गुन २०७८, सोमबार


व्यावसायिक भुक्तानीको प्ल्याटफर्म ’कर्पोरेट पे’ प्रणालीको स्तरोन्नतिसँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा थप गरिएको छ।

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रक्रिया पूरा गरी सम्बन्धित बैंक÷वित्तीय संस्थाबाट सेवा सुरु गर्न सक्नेछन्।

प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक(पटक गरिने भुक्तानीको लागि ‘क्विक पेमेन्ट’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन्।

अनलाइन रजिष्ट्रेसनका निम्ति बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले वेबसाइटमा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप ’तहगत भूमिका कायम’ गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रक्रिया पूरा गर्न सक्छन्।

यो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सबमिट गरिएका कागजपत्रका आधारमा सेवा सुरु गर्न सक्नेछन्। यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंक वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रक्रिया पूरा गरी बैंकबाट एक पटक मात्रै अप्रुभवल लिई सेवा सुरु गर्न सकिने हुँदा कर्पोरेट पे प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

एनसीएचएलद्वारा संचालन गरिएको प्रणालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरु मार्फत् व्यावसायिक ग्राहकहरुलाई फण्ड ट्रान्स्फर , तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, युटिलिटी सम्बन्धी भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने सुविधा छ।

भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टी अथोराइजेसन तथा मल्टिपल सिग्नेटोरिजको समेत व्यवस्था छ।

प्रणालीमा रियल टाइममा रिटेल पेमेन्ट स्वीचमार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र एनसीएचएल आइपीएसमार्फत नन–रियल टाइममा प्रति कारोबार २० करोड रुपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिन्छ। साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेको छ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह